देश/प्रदेश

दार्चुलामा भिरमा अड्किएको अवस्थामा किशोर–किशोरीको शव फेला

Banner

दार्चुला, वैशाख १

दार्चुलामा किशोर–किशोरीको शव फेला परेको छ। जिल्लाको नौगाड गाउँपालिका–५ बासिडाँडामा बिहीबार अन्दाजी १६र१७ वर्षका किशोर किशोरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको हो।

दार्चुलाका प्रहरी निरीक्षक (इन्सपेक्टर) जगत गाहा मगरका अनुसार नौगाड नगरपालिका–४ का सञ्जिला धामी सोही स्थानका लोकेन्द्र ठगुन्नाको शव भिरमा अड्किएको अवस्थामा फेला परेको थियो।

उनका अनुसार मृत फेला परेका किशोर किशोरीहरू प्रेम सम्बन्धमा थिए। उनीहरू बुधबार बिस्का जात्रा हेर्न घरबाट निस्केका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>