चितवन विशेष

महालेखाले भरतपुरलाई भन्यो–कर्मचारीलाई बाँडेको चाडपर्व खर्चसहित १६ लाख ७० हजार असुल गर

Banner

चितवन, वैशाख १–

भरतपुर महानगरपालिकाले ६८ कर्मचारीलाई बाँडेको चाडपर्व खर्चसहित १६ लाख ७० हजार रुपैयाँ असुल गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले औँल्याएको छ । आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्दै महालेखाले कर्मचारीलाई बढी भुक्तानी भएको रकम असुल गर्नुपर्ने बताएको हो ।

भरतपुर महानगरपालिकाले कार्यरत कर्मचारीको व्यवस्थापन गर्न बनेको ऐन, २०७७ बमोजिम २०७७ चैत २२ को निर्णयानुसार १३६ कर्मचारीको एक तह बढुवा गरेको थियो । बढुवा गरिसकेपछि महानगरले ८४ कर्मचारीको तह बृद्धिको निर्णय रद्ध गरेको थियो ।

तह बृद्धिको निर्णय रद्ध हुँदा ६८ कर्मचारीलाई खाइपाई आएको भन्दा मासिक १ लाख १८ हजार रुपैयाँले चाडपर्व खर्चसहित हुने आउने १५ लाख २९ हजार रुपैयाँ र सञ्चय कोष वापत १ लाख ४१ हजार रुपैयाँ समेत गरी जम्मा १६ लाख ७० हजार रुपैयाँ बढी भुक्तानी भएको महालेखाले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>