देश/प्रदेश

डढेलोका कारण काठमाडौँ सहित देशका विभिन्न भू-भागमा वायु प्रदूषणको उच्च जोखिम

Banner

काठमाडौँ, चैत ३०

डढेलोका कारण काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा वायु प्रदूषण उच्च छ । उपत्यका आसपासका क्षेत्र र तराईका जिल्लामा डढेलोका घटना बढ्दा प्रदूषण बढेको मौसमविद् वरुण पौडेलले बताए। उनका अनुसार अन्य क्षेत्रमा भन्दा काठमाडौँ उपत्यकामा प्रदूषण धेरै छ ।

उपत्यकाको वायुमण्डलमा दूषित हावा थुप्रिएको छ । पश्चिमी क्षेत्रबाट प्रदूषित हावा उपत्यका आउँदा मौसम खुल्न सकेको छैन । दिउँसोको समयमा केहीबेर हावा चले पनि डाँडाकाँडाका कारण प्रदूषण हट्न सकेको छैन । अहिले बुटवल, ललितपुरको पाटन, भक्तपुर, मध्यपुर थिमि, काठमाडौँको रत्नपार्क, कीर्तिपुर र हेटौँडाको हावा निकै अस्वस्थकर छ ।

वायुको गुणस्तरको मात्रा एयर क्वालिटी इन्डेक्सका अनुसार यी क्षेत्रमा वायुको गुणस्तरले जोखिम तह नाघेको छ । शून्यदेखि ५० सम्मको मापनलाई सामान्य अवस्था मानिन्छ । तर, बुटवलको २९२, पाटनको २३२, भक्तपुरको २२२, कीर्तिपुरको १९१, मध्यपुर थिमिको १८७, रत्नपार्कको १८६ र हेटौँडाको १७४ छ ।

मौसमविद्ले तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्न सक्ने बताएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>