देश/प्रदेश

मन र विचार मिल्नेसँग छलफल गर्ने सम्भावना रहेपनि एमाले अध्यक्ष ओलीसँग छैनः नेपाल

Banner

काठमाडौँ, चैत २९

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले संसद विघटनको दाउमा रहेको आरोप लगाएका छन् ।

नसरीको इनरुवामा बुधबार सञ्चारकर्मीहरु नेता नेपालले एमाले संसद विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको आरोप लगाएका हुन् । एमालेको यो सोचलाई पूरा हुन नदिने उनले बताए ।

अध्यक्ष नेपालले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने बताए । ‘एमालेभित्र अब अहिले प्रतिनिधि सभालाई फेरि पनि विघटन गर्न सकिने हुन्छ । विघटन गर्न सकिन्छ । मध्यावधिको अवस्थामा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौं । त्यो बाटोमा त हामी जान सक्दैनौं । संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौं,’ उनले भने ।

उनले एमालेसँगको एकताको सम्भावनाका बारेमा मन र विचार मिल्नेहरुसँग बहस र छलफल गर्न तयार रहेपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भने त्यस एकताको सम्भावना नरहेको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>