देश/प्रदेश

मजदुरले ज्याला माग्दा चोकको विद्युत पोलमा बाधेर मोसो दल्दै ठेकेदारले गरे अमानवीय व्यवहार

Banner

जनकपुरधाम, चैत २९-

काम गरेको ज्याला माग्दा महोत्तरीमा एक निर्माण व्यवसायीले मजदुरलाई अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का २१ वर्षीय मोबारक नदाफमाथि दुर्व्यवहार भएको हो ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीका अनुसार गत फागुन २३ गते बिहान नदाफलाई ज्यालाका लागि बोलाएर कुटपिट गरी चोकको विद्युत पोलमा बाधेर, केस मुण्डन गरी मोसो दलेर अमानवीय व्यवहार गरेका हुन् ।

प्रहरीले स्थानीय निर्माण व्यवसायी ३५ वर्षीय कृष्ण मिश्रले उनीमाथि कुटपिटसहित अमानवीय व्यवहार गरेको आरोपमा घटनाको भोलिपल्ट पक्राउ गरेको थियो ।मुस्लिम धर्माम्बलम्बीको अहिले रमजान (रोजा) चलिरहेको छ । पीडित परिवारका अनुसार रमजान मनाउन निर्माण व्यवसायी मिश्रसँग काम गरेको ज्याला नदाफले मागरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>