चितवन विशेष

चितवनमा सवारी लाइसेन्सको लिखित र ट्रायल परीक्षा चैत २८ र २९ गते

Banner

चितवन, चैत २७–

यातायात व्यवस्था कार्यालय चितवनले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि आइतबार पहिलो पटक वायोमेट्रिक लिएको छ । वायोमेट्रिकको लागि ५०० जनाको कोटा खुलाइएको थियो ।

कार्यालयले आज (सोमबार) पनि वायोमेट्रिक लिँदै छ । वायोमेट्रिक लिन थालेपछि यातायात कार्यालयमा सेवाग्राहीको भिड बढेको छ भने व्यवस्थापनका केहि कमजोरी देखिएको छ । सेवाग्राहीको विवरण प्रमाणित गर्ने र बैंक काउन्टरमा एक जना मात्रै कर्मचारीले काम गर्दा आइतबार बेलुकासम्मै कार्यालयमा सेवाग्राहीको लामो लाइन लागेको थियो ।

कार्यालयले चैत २८ गते लिखित परीक्षा र चैत २९ गते ट्रायल परीक्षा लिने यातायात कार्यालयका प्रमुख कालिबहादुर भुजेलले बताए । लिखित र ट्रायल परीक्षा महालक्ष्मी ट्रायल सेन्टरमा हुने छ । सेवाग्राहीको लाइनलाई व्यवस्थित गर्दै छिटो छरितो सेवा दिन कार्यालयले चरणबद्ध रुपमा काम गर्दै जाने उनले बताए । पहिलो पटक सेवा सुरु भएकाले सञ्चालनमा केहि कमजोरी भएको उनले स्वीकार गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>