चितवन विशेष

चितवन–२ मा २२ उम्मेदवारबीच प्रतिस्पर्धा हुने, कुन उम्मेदवारको चुनाव चिह्न के हो ?

Banner

चितवन, चैत २४–

चितवन क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनमा २२ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । चैत २० गते २४ जनाले उम्मेदवारी दिएकामा दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि २२ जना उम्मेदवारको अन्तिम नामावली मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको छ ।

अन्तिम नामावलीमा नाम कायम भएका उम्मेदवारहरुमा विभिन्न दलका १२ जना र स्वतन्त्र १० जना रहेका छन् । उम्मेदवारहरुलाई निर्वाचन अधिकृतको कार्यालयले बिहीबार साँझ चुनाव चिह्न प्रदान गरेको छ ।

यी हुन् उम्मेदवार र तिनका चुनाव चिह्न

१. अम्बिका भट्ट (स्वतन्त्र, महिला)
२. छत्र कुमार पाख्रिन (राष्ट्रियमुक्ति आन्दोलन नेपाल, गोलाकार भित्र षटकोण)
३. जनकराज शर्मा (राजमो, गिलास)
४. जीतनारायण श्रेष्ठ (कांग्रेस, रुख)
५. जीवलाल पुरी (राप्रपा, हलो)
६. ज्ञानेन्द्र प्रजा (नेपाल मजदुर किसान पार्टी, मादल)
७. टेक बहादुर तामाङ (नेशनल मंगोल अर्गनाइजेशन, कुखुराको भाले)
८. तारा प्रसाद पौडेल (स्वतन्त्र, नरिवल)
९. प्रेम बहादुर खड्का (जय जन्मभूमी पार्टी नेपाल, छत्रे टोपी)
१०. भाष्कर चन्द्र न्यौपाने (स्वतन्त्र, सूर्यमुखी फूल)
११. महानन्द जैसी (राष्ट्रिय जनमुक्ति पार्टी, घर)
१२. मोजराज वगाले (स्वतन्त्र, सिरिन्ज)
१३. योगलाल श्रेष्ठ (राष्ट्रिय नागरिक पार्टी, चङ्गा)
१४. रवि लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टी, घण्टी)
१५. राजेश अधिकारी (नागरिक उन्मुक्ति पार्टी, पिँध भएको सादा ढकिया)
१६. राम कृष्ण ओझा (स्वतन्त्र, माछा)
१७. राम प्रसाद न्यौपाने (एमाले, सूर्य)
१८. लक्ष्मी माया कोइराला बुढाथोकी (स्वतन्त्र, खर्पन बोकेको मान्छे)
१९. विक्रम श्रेष्ठ (स्वतन्त्र, क्रस खुकुरी)
२०. सन्तोष थापा (स्वतन्त्र, पुतली)
२१. सुमन श्रेष्ठ (स्वतन्त्र, मौरी)
२२. सुवास परियार (स्वतन्त्र, डोजर)

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>