चितवन विशेष

चितवन २ मा २४ जनाकै उम्मेदवारी कायम, आज उम्मेदवारी फिर्ता लिन सकिने

Banner

चितवन, चैत २३–

बैशाख १० गते चितवन क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनको लागि २४ जनाकै उमेदवारी कायम भएको छ । चैत २० गते उमेदवारी दिएका उमेदवारको विरोधमा चैत २१ गते उजुरी दिने समय थियो ।

उमेदवार रवि लामिछाने विरुद्ध चार वटा उजुरी दर्ता भएपनि तीन वटामा दाबी विरोध नपुगेको र एउटामा हेर्न नमिल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्णय गरेको हो ।

उजुरीमाथि जाँचबुझ गरी कार्यालयले हिजो (बुधबार) उमेदवारको नामावली प्रकाशन गरेको हो । आज बिहान ९ बजेदेखि १ बजेसम्म उमेदवारको नाम फिर्ता लिन सकिने निर्वाचन कार्यतालिका रहेको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

त्यसपछि कार्यालयले दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ । आजै साँझ ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।

बैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>