चितवन विशेष

रवि लामिछानेविरुद्ध परेको उजुरीमाथि मुख्य निर्वाचन अधिकृतले आज जाँचबुझ गर्ने

Banner

चितवन, चैत २२–

चितवन क्षेत्र नं २ का उम्मेदवार एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेको उजुरीमाथि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज जाँचबुझ गर्दै छ । उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले लामिछानेविरुद्ध मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर तीन वटा र युवराज पौडेल (सफल)ले काठमाडौँबाट इमेलमार्फत एउटा उम्मेदवारको अयोग्यता सम्बन्धि उजुरी दर्ता गरेका थिए ।

चितवन २ का उमेदवार र उमेदवारका प्रतिनिधिले दर्ता गराएको उजुरीमाथि मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जाँचबुझ गर्ने सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । उजुरीउपर जाँचबुझ गरी आज साँझ उमेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको आचार्यले बताए ।

राष्ट्रिय जनमोर्चाका उमेदवार जनकराज शर्माका प्रतिनिधि डम्मर पुरी, स्वतन्त्र उमेदवार सन्तोष थापा र स्वतन्त्र उमेदवार अम्बिका भट्टको प्रतिनिधि शिवहरि सुवेदीले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उजुरी दर्ता गराएका थिए। लामिछानेले अमेरिकी स्थायी आवासीय अनुमपति पत्र र अमेरिकी नागरिकता त्यागेको तीन महिना नपुग्दै कानुन विपरित चितवन–२ मा उमेदवारी दर्ता गरेको भन्दै उनीहरुले उजुरी गरेका हुन् ।

उमेदवार र उमेदवारका प्रतिनिधि बाहेकले दर्ता गरेको उजुरीमाथि निर्वाचन आयोगले जाँचबुझ गरी आवश्यक निर्णय लिने छ । मुख्य निर्वाचन अधिकृतले लामिछानेसँग उजुरीको बारेमा स्पष्टिकरण लिएर स्पष्टिकरणको जवाफ आयोगमा पठाउने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>