चितवन विशेष
चितवन आएर रविलाई बीपी कोइरालासँग तुलना गर्दा स्वर्णिम वाग्ले बने ट्रोल
०

चितवन, चैत १९-
अर्थशास्त्री डा.स्वर्णिम वाग्ले सामाजिक सञ्जालमा ट्रोल बनेका छन् । हिजो चितवनका मतदातामाझ रास्वपा सभापति रवि लामिछाने र वाग्ले एकसाथ देखिएका थिए । सोही समय मतदातामाझ दिएको अभिव्यक्तिका कारण वाग्ले सामाजिक सञ्जालमा ट्रोल बनेका हुन् ।
उक्त समय सञ्चारकर्मीसँग वाग्ले ले छोटो कुराकानी गर्दा रविलाई कांग्रेसका ‘महामानव’ बीपी कोइरालासँग तुलना गर्न भ्याए । भर्खरै राजनीतिमा उदाएका युवालाई वीपी कोइरालाजस्तो क्रान्तिकारी नेतासँग तुलना गर्दा उनको ट्रोल भएको हो । उनले चैत १६ गते कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























