चितवन विशेष

चितवन–२ मा कुन दलले कति बेला उमेदवारी दर्ता गर्दै छन् ?

Banner

चितवन, चैत २०–

चितवन क्षेत्र नं २ मा उपनिर्वाचनमा पनि चर्चित र हेविवेट उमेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकता मुद्धामा दोषी ठहर भई उनको सांसद पद खारेज भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

सर्वाेच्च अदालतको फैसलापछि पुनः नागरिकता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपनिर्वाचनमा पनि उठेका छन् । लामिछानेले आज बिहान १० बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेदवारी दर्ता गर्दै छन् ।

निर्वाचन अधिकृतको कार्यालयले उनलाई उमेदवारी दर्ता गर्न दिउँसो १ बजेको समय दिएको थियो । तनहुँ–१ मा रास्वपाबाट स्वर्णिम वाग्लेले उमेदवारी दर्ता गर्दै छन् । रविले आफ्नो उमेदवारी दर्ता गरेपछि वाग्लेले उमेदवारी दर्ता गर्ने कार्यक्रममा सहभागी हुन तनहुँ पुग्ने रविका स्वकिय प्रकाश सिग्देलले जानकारी दिए ।

नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठले दिउँसो २ बजे उमेदवारी दर्ता गर्दै छन् । श्रेष्ठलाई सघाउन कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)लाई खटाएको छ । उमेदवारी दर्ता गर्नुअघि कांग्रेसले चौविसकोठीमा भेला राखेको छ । भेलामा नेताहरुले सम्बोधन गरेपछि जुलुस सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।

एमालेका उमेदवार रामप्रसाद न्यौपानेले दिउँसो ३ बजे उमेदवारी दर्ता गर्दै छन् । उमेदवारी दर्ता गर्नुअघि जिल्ला पार्टी कार्यालयमा भेला भएर जुलुससहित निर्वाचन अधिकृतको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ । त्यस्तै, राप्रपा उमेदवार जीवलाल पुरीले ४ बजे उमेदवारी दर्ता गर्ने छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एकैचोटी सबै दलका उमेदवार पुगेर भिडभाड नहोस् भनेर दलहरुलाई छुट्टा–छुट्टै समय दिइएको हो ।

चितवन क्षेत्र नम्बर २ मा भने मंसिरयता ४८० जना मतदाता थपिएका छन्। वैशाख १० को उपचुनावमा यहाँबाट १ लाख २४ हजार ६९५ जनाले मतदान गर्न पाउनेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>