राजनीति
बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सूर्य ध्वजावाहक उमेदवार रोजौँ : शंकर पोखरेल
०

चितवन, चैत १९–
नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सूर्य ध्वजावाहक उमेदवारलाई विजयी गराउन अपिल गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले राजनीतिक स्थायीत्वका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य रहेको बताए ।
देश किन बनेन भनेर चिन्ता गर्नेहरु सबै राष्ट्रिय शक्ति निर्माणको दिशामा अघि बढ्न उनले आग्रह गरेका छन् ।
उनले लेखेका छन्, ‘बलियो राष्ट्रिय शक्ति निर्माणको संकल्प पुरागर्न तनहुं–१, चितवन–२ र बारा–२ मा सूर्य ध्वजावाहक उम्मेद्वारलाई विजयी बनाउने अभियानमा जुटौ । विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य छ । देश किन बनेन भनेर चिन्ता गर्नेहरु सबै राष्ट्रिय शक्ति निर्माणको दिशामा अघि वढौं ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























