देश/प्रदेश

गुल्मी जिप दुर्घटनाका मृतक ६ जनाकै छोराछोरी विदेशबाट फर्किएपछि दाहसंस्कार

०
Banner

ओमप्रकाश शर्मा,

स्याङ्जा ,कात्तिक १६-

बागलुङको बुर्तिबाङ घुमेर घर फर्कँदै गरेका वालिङका ९ जना सवार स्कार्पिओ जिप गुल्मीको कालीगण्डकी गाउँपालिका–२, अर्बेनीमा दुर्घटनाग्रस्त हुँदा ६ जनाको ज्यान गएको छ । घाइते ३ जनामध्ये एकको पोखरास्थित मणिपाल र दुई जनाको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेहरूको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा वालिङका प्रतिष्ठित राजनीतिकर्मी, सफल व्यवसायी तथा सामाजिक अभियन्ता रहेका छन् । एक साताअघि दुर्घटनामा ज्यान गुमाएकाहरूका छोराछोरी विदेशमा रहेका कारण तत्काल दाहसंस्कार हुन सकेको थिएन । उनीहरूको शव वालिङ अस्पतालको शवगृहमा छोराछोरीको पर्खाइमा राखिएको थियो ।

छोराछोरी विदेशबाट फर्किएपछि मात्रै सबैको दाहसंस्कार गरिएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरूमा स्याङ्जा जिल्ला समन्वय समितिका पूर्वउपप्रमुख तथा स्याङ्जा निर्माण व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष दिलीपकुमार बगाले, उनकी पत्नी नीता बगाले, वालिङस्थित होटल भेनसका सञ्चालक शिव पराजुली, वालिङ–१० का व्यवसायी लोकनाथ पाण्डे तथा कालीगण्डकी–१ गुल्मीका कुलानन्द पाण्डे र सीता पाण्डे रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>