राजनीति

नेविसंघ अध्यक्षलाई पदमुक्त गर्न माग गर्दै असन्तुष्ट समूह रिले अनशनमा

Banner

काठमाडौं, चैत १९–

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्ट नेविसंघको एक समूह पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनशन बसेको छ ।

अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावी जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरु खारेज गर्नुपर्ने र उनको म्याद सकिइसकेकाले नयाँ कमिटी गठन गर्नुपर्ने लगायत माग राख्दै असन्तुष्ट पक्षले शनिबारदेखि रिले अनशन सुरु गरेको हो । पहिलो दिन निश्चल महर्जन र अंशुल केसी अनशनमा बसेका थिए । केसीले रिले अनशनबाट पनि माग सम्बोधन नभए आमरण अनशन बस्ने चेतावनी दिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फागुन ३ गतेको निर्णयअनुसार काठमाडौंका दुजाङ शेर्पालाई नेविसंघको अध्यक्षमा र पर्वतका विद्वान गुरुङलाई नेपाल तरुण दलको अध्यक्षमा नियुक्त गरेका थिए । उनीहरूलाई स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनको परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी तोकिएको थियो ।

तोकिएको समयभित्र नेविसंघ अध्यक्ष शेर्पाले आफ्नो जिम्मेवारी पूरा नगरेकाले उनलाई पदमुक्त गरेर नयाँ कमिटी गठन गर्नुपर्ने र स्ववियु निर्वाचनताका उनले गरेका मनोनयन लगायतका निर्णय खारेज गर्नुपर्ने माग असन्तुष्ट पक्षले राखेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>