राजनीति

मैले मन्त्री बन्दिन भनेको थिए, उपप्रधानमन्त्री होइन: पूर्णबहादुर खड्का

Banner

काठमाडौं, चैत १८

उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले आफू मन्त्री मात्रै पाएको भए नबन्ने बताएका छन्।

उनले शनिबार ललितपुरको बाँडेगाउँस्थित किसुनजी आश्रयमा पत्रकारहरूसँग कुराकानी गर्दै आफूले मन्त्री मात्रै पाएको भए बन्ने बताए। खड्काले केही समयअघि मन्त्री नबन्ने घोषणा गरेका थिए।

तर अहिले फेरि मन्त्री बनेको भन्दै सामाजिक सञ्जालमा आलोचना समेत भएको छ। उनले त्यसबारे पनि प्रष्ट्याएका हुन्।

‘अहिले सामाजिक सञ्जालमा आइरहेको छ। मन्त्री खान्न भन्नुभयो, मन्त्री बन्दिन भन्नुभयो, र फेरि मन्त्री बन्नुभयो भन्ने सामाजिक सञ्जालमा आइरहेको छ। मैले उपप्रधानमन्त्री बन्दैन कहिले भनेको थिएँरु मैले मन्त्री बन्दिन भनेको हो। उपप्रधानमन्त्री बिनाको मन्त्री भएको भए म हुन्थिनँ,’ उनले भने।

आफ्नो वचनबाट पछि नहटेको पनि उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>