राजनीति

पूर्णबहादुरको प्रष्टीकरण- प्रधानमन्त्री र सभापतिले १९ मन्त्रालय छान्ने जिम्मा दिएपछि रक्षा रोजेको हुँ

Banner

काठमाडौं, चैत १८-

उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले १९ वटा मन्त्रालयमध्ये छानेर आफूले रक्षा रोजेको प्रष्ट पारेका छन् ।

सन्त नेता किसुनजीको आश्रम बाडेगाउँमा पत्रकारसँग कुरा गर्दै मन्त्री खड्काले ५ दिनसम्म सबै मन्त्रालयबारे अध्ययन गरेर आफूले सो निर्णय गरेको बताएका हुन् ।

खड्काले भने– प्रधानमन्त्री र मेरो पार्टी सभापतिले १९ वटा मन्त्रालय छन्, लौ पूर्णजी कुन छान्ने हो भन्नुभयो । मैले १९ वटा मन्त्रालय छनौटको शौभाग्य पाएँ न भुतो न भविष्यति । ५ दिनपछि मैले जवाफ दिएँ १९ वटा मन्त्रालय अध्ययन गरेपछि मुलुकको सामरिक महत्त्व बढेको बेला रक्षा रोजेँ । नेपाली सेना समेत जोडिएको यो मन्त्रालय सबैभन्दा विशाल र ठूलो हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>