खैरहनी

चितवनको रामपुर कृषि क्याम्पस खैरहनीमा अखिलको संयुक्त प्यानल विजयी

Banner

चितवन,चैत १८-

रामपुर कृषि क्याम्पस खैरहनीमा शुक्रबार भएको स्ववियु निर्वाचनमा अखिल सयुक्तको प्यानलनै विजयी भएको छ ।  निर्वाचनमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तीकारीले तालमेल गरेका थिए । बेलुका सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार अखिल संयुक्तका सबै निर्वाचित भएका हुन् । निर्वाचनमा कुल १२० मत खसेको थियो ।

अखिल सयुक्तबाट सभापतिका उम्मेदवार दिवस पौडेल एक्लैले ११९ मत प्राप्त गर्दा नेविसंघका आशिश जैसी देवकोटाले एक मत पनि पाएनन् । एक मत बदर भयो । सचिवमा अखिल संयुक्तका सन्तोष रताला जोशी ११९ मत,कोषाध्यक्षमा संयुक्तकै सुजाता नेपाल ११५ मतका साथ निर्वाचित भए ।

त्यस्तै, सदस्यहरुमा अखिल संयुक्तका राकेश रोकाय ११८ मत, सनराइज तामाङ ११९ मत, सागर ढकाल १२० मत, पूर्णिमा तामाङ ११७ मत र ऋषिकेश यादव ११९ मतका साथ विजयी भए । निर्वाचनप्रति असहमति जनाउँदै नेविसंघ भने मतदानमा सहभागी भएन । यसअघि चैत ५ गते तोकिएको निर्वाचन सोही दिन सर्वदलीय बैठक बसेर सारिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>