चितवन विशेष

चितवन–२ को मुख्य निर्वाचन अधिकृतमा न्यायाधिस वासुदेव न्यौपाने नियुक्त

Banner

चितवन, चैत १७–

निर्वाचन आयोगले चितवन क्षेत्र नं २ को मुख्य निर्वाचन अधिकृतमा चितवन जिल्ला अदालतका न्यायाधिस वासुदेव न्यौपानेलाई नियुक्त गरेको छ । चितवन–२, बारा–२ र तनहुँ–१ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुँदै छ ।

आयोगले बारा–२ मा बारा जिल्ला अदालतका न्यायाधिस मुकेश उपाध्याय र तनहुँ–१ मा तनहुँ जिल्ला अदालतका न्यायाधिस कोमलप्रसाद आचार्यलाई मुख्य निर्वाचन अधिकृतका रुपमा नियुक्त गरेको छ ।

उपनिर्वाचनको लागि आयोगले बिहीवार तीन न्यायाधिसलाई मुख्य निर्वाचन अधिकृतका रुपमा नियुक्त गर्ने निर्णय गरेको हो । हेभिवेट नेताबीचको प्रतिस्पर्धाले उपनिर्वाचनलाई रोचक बनाउने देखिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>