राजनीति
मिटरब्याज पीडितलाई भेट्ने प्रधानमन्त्री प्रचण्डको तयारी
०

काठमाडौँ, चैत्र १४-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मिटरब्याज पीडितलाई भेट्ने तयारी गरेका छन् । मागका विषय बुझ्न चार सदस्यीय समिति गठन गरिएको छ । सो समितिले पीडितलाई भेटेपछि प्रधानमन्त्रीले भेट्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।
समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























