चितवन विशेष

चितवनमा रगतको अभाव, रक्तदान गरिदिन रेडक्रस सोसाइटीको आग्रह

Banner

चितवन, चैत १३–

चितवनमा केहि दिनदेखि रगतको अभाव बढ्दै गएको छ । रगतको अभावमा गम्भिर किसिमका विरामीलाई उपचारमा समस्या हुन थालेको छ । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदान गरिदिन सार्वजनिक रुपमा अपिल गरेको छ ।

जिल्लामा एउटा ठूलो सरकारी अस्पताल, दुई मेडिकल कलेज र थुप्रै सरकारी तथा निजी अस्पताल छन् । अस्पतालहरुमा विरामीको संख्या बढ्दै गएका बेला मौसमी कारणले रक्तदान कार्यक्रम पर्याप्त हुन नसक्दा रगतको माग अनुसार आपूर्ती हुन नसकेको सोसाइटीले जनाएको छ ।

रगतको अभावमा पिडित मानवलाई जीवनदान दिन नेरेसो प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुर, क्यान्सर अस्पताल, बघौडा अस्पताल र रत्ननगर बकुलहर अस्पताल रक्तसञ्चार युनिटमा पुगेर रक्तदान गरि सहयोग गरिदिन नेरेसो चितवनले अपिल गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>