Breaking News

नारायणगढ–बुटवल सडकको कामः चार वर्षमा २७ प्रतिशत मात्रै प्रगति

Banner

नवलपुर,चैत १२-

गत साउन महिनाभित्रै सक्ने गरी चार वर्षअगाडि विस्तार थालिएको नारायणगढ–बुटवल सडकको काम बल्ल २७ प्रतिशत सकिएको छ । ४४ महिनामा सम्पन्न गर्ने गरी विस्तारको कामका लागि भएको सम्झौताको म्याद सात महिनाअगाडि नै सकिएको थियो । निर्धारित समयमा काम नसकिएपछि एक वर्ष समय थप गरिएको थियो । थपिएको समय सकिन अब पाँच महिना पनि बाँकी छैन, तर कामले अझै गति लिएको छैन ।

थपिएको समयमा काम सम्पन्न गर्न कामको गति प्रतिमहिना १० प्रतिशतमा पुर्‍याउनुपर्छ । तर, अहिले कामको गति महिनामा २ प्रतिशत सम्पन्न गर्ने गरी भइरहेको छ । नारायणगढ–बुटवल सडक आयोजनाअन्तर्गत बुटवल–बर्दघाट सडकखण्ड हेर्दै आएका प्रमुख इन्जिनियर प्रदीपराज शाक्यका अनुसार थपिएको म्याद साउन २२ सम्म रहेको छ ।

विस्तारको कामका क्रममा हाल कालोपत्रे भइरहेको उनले बताए । यो सडक आयोजनालाई बुटवल–बर्दघाट र बर्दघाट–नारायणगढ गरी दुई खण्डमा विभाजन गरी काम भइरहेको छ । त्यसमध्ये बुटवल–बर्दघाट खण्डमा २५.७५ प्रतिशत र बर्दघाट–नारायणढ खण्डमा २७.५० प्रतिशत काम सकिएको छ । समग्रमा २७ प्रतिशत काम सम्पन्न भएको शाक्यले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>