खेलकुद

कप्तानी डेब्युमा एमबाप्पेको २ गोल, फ्रान्स ४-० ले विजयी

Banner

काठमाडौं, चैत ११-

किलिएन एमबाप्पेले फ्रान्सको लागि कप्तानी डेब्युको पहिलो खेलमै दुई गोल गरेका छन् । विश्वकप उपविजेता फ्रान्सले युरोकप २०२४ को छनोटको पहिलो खेलमा एमबाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले नेदरल्याण्ड्सलाई ४-० ले पराजित गरेको हो ।

घरेलु मैदान स्टेड डे फ्रान्समा भएको खेलमा दोस्रो मिनेटमै एन्टोनी ग्रीजमनले एमबाप्पेको पासमा गोल गरेका थिए । त्यसपछि आठौं मिनेटमा डायोट उपामाचोले गोल गर्दै अग्रता दोब्बर पारे । एमबाप्पेले २१औं मिनेटमा गोल गरेपछि फ्रान्सले पहिलो हाफमा ३-० को अग्तरा बनायो ।

एमबाप्पेले ८८औं मिनेटमा व्यक्तिगत दोस्रो तथा फ्रान्सका लागि चौथो गोल गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>