चितवन विशेष

फेसबुक ह्याक गरेर पैसा माग्ने घटना बढ्दै, पिडित भन्छन्–प्रहरीले अपराधीलाई कारबाही गर्न सकेन

Banner

पुजा ढकाल

चितवन, चैत ११–

सामाजिक सञ्जाल (फेसबुक) ह्याक गरेर मेसेन्जरमार्फत पैसा माग्ने घटना बढ्दै गएको छ । चितवनमा पत्रकारकै फेसबुक ह्याक गरेर फेसबुकमा जोडिएका अन्य साथीसँग ह्याकरले पैसा माग्ने गरेका छन् ।

चितवनमा लामो समयदेखि पत्रकारीता गर्दै आएका लक्ष्मण गौतमको चार दिन अघि फेसबुक ह्याक भयो । राती करिब १०ः१५ बजे ह्याकरले फेसबुक ह्याक गरेको उनको अनुमान छ ।

उनी भन्छन्, ‘पहिला सुरुमा सप्तगण्डकी पढाउने कृष्ण ज्ञवाली सरको फेसबुक ह्याक भएको रहेछ, सरको फेसबुक ह्याक भएपछि न्यू गण्डकी पुस्तक पसलको फेसबुक पनि ह्याक भयो । यसरी पुस्तक पसलको फेसबुक ह्याक भएपछि मलाई मेसेज आएको थियो ।’

पुस्तक पसलको फेसबुक आइडीबाट ‘लाइसेन्स बनाउन लागेको, मेरो मोबाइन नम्बर यातायात कार्यालयले सर्पोट गरेन । तपाईको नम्बर दिनु’ भन्ने मेसेज आएको उनले बताए । अन्य साथीबाट पनि त्यस्तै मेसेज आएपछि नम्बर दिएको बताउँदै उनी भन्छन्, ‘मैले नम्बर दिएपछि एउटा कोड आउँछ त्यो मलाई दिनु भनेको थिए, मैले कोड पठाए । तर, मोबाइलमा कोड आउँदा फेसबुक कोड भनेर मेसेज आएको रहेछ । मैले याद गरिन ।’

यसरी मेबाइलमा आएको कोड पठाएपछि सोही दिन राती आफ्नो आइडी पनि ह्याक भएको उनले पत्तो पाए । फेसबुक ह्याक भएकै दिन आफ्नो मेसेन्जरबाट ह्याकरले अर्का साथी रेग्न पन्तलाई ‘अस्पतालमा छु, पैसा पठाइदेउ’ भन्दै म्यासेज पठाएको उनले बताए ।

पैसा माग्नुको कारण सोध्दै साथीले रिप्लाई गरेको मेसेज देखेपछि मात्रै आफ्नो फेसबुक ह्याक भएको थाहा पाएको उनले नारायणी अनलाइनलाई जानकारी दिए । त्यसपछि फेसबुकको पासवर्ड परिवर्तन गर्न खोज्दा ‘नो अप्सन’ देखाएको उनले बताए । फेसबुक एकाउन्ट ह्याक गरी विभिन्न समस्या देखाएर आफन्तजन तथा साथीहरुसँग रिता तिम्सिनाको प्रभु बैंकको क्युआर कोड प्रयोग गरि रकम माग्न थालेपछि जिल्ला प्रहरीको साइबर व्युरोमा गएर उजुरी दिएको उनले जानकारी दिए ।

आफुले उजुरी दिएकै दिन अन्य १५ जनाले पनि प्रहरीमा उजुरी दिएको उनले बताए । उनी भन्छन्, ‘उजुरी दिएको चार दिन भईसक्यो । रिता तिम्सिनाको प्रभु बैकको क्युआर कोड प्रयोग गरि रकम मागेको पनि प्रस्ट देखिएको छ । तर, प्रहरीले काम गर्न ढिलासुस्ती गरेको छ । पैसा माग्नेलाई कारवाहीको दायरामा ल्याउन सकेको छैन ।’ प्रहरीले अपराधीलाई कारवाहीको दायरामा ल्याउन नसक्दा दैनिक अपराध बढ्दै गएको उनी बताउँछन् ।’

फेसबुक ह्याकबाट बच्नका लागि समय–समयमा फेसबुकको पासवर्ड परिवतर्न गर्ने र फेसबुकलाई मोबाइल नम्बर र इमेल दुवैमा जोड्नुपर्छ ।

फेसबुक ह्याकिङका केहि उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा १८१, २०७८÷०७९ मा २३३ उजुरी साइबर व्युरोमा दर्ता भएका थिए । उजुरी दर्ता गर्ने क्रम बढ्दै गएको छ । चालु आव २०७९÷८० को नौ महिनामै २१६ वटा फेसबुक एकाउन्ट ह्याकिङका उजुरी दर्ता भएको छ । पछिल्लो समय पैसा ठग्न र फसाउन फेसबुक ह्याक हुने गरेको उनी बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>