चितवन विशेष

चलचित्र विकास बोर्डको सदस्यमा केएल पीडित र रवि अधिकारी नियुक्त

Banner

काठमाडौं, चैत ८-

चलचित्र विकास बोर्डको सदस्यमा निर्देशक केएल पीडित र संचारकर्मी रवि अधिकारी नियुक्त भएका छन् । सोमबारको मन्त्रीस्तरीय निर्णयबाट उनीहरु सदस्यमा नियुक्त भएका हुन् । नवनियुक्त दुबै सदस्यले मन्त्रालयबाट नियुक्तिको पत्र बुझेका छन् ।

पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष समेत रहेका पीडितले थारु भाषाको सांस्कृतिक फिल्म ‘भुइँयार’ र कमलरी प्रथामा आधारित फिल्म ‘लावाजुनी’लाई निर्देशन गरेका छन् ।

चलचित्र पत्रकार संघ चितवनका पूर्वअध्यक्ष समेत रहेका अधिकारी १५ वर्षदेखि चलचित्र पत्रकारितामा सक्रिय छन् । साथै, उनी नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको फिल्म ‘पञ्चायत’, ‘बाबुकान्छा’ र ‘बद्रीबहादुर’का निर्माता हुन् । बोर्डका रिक्त तीन सदस्यमध्ये दुईमा पीडित र अधिकारी नियुक्त भएका हुन् । बाँकी एक रिक्त सदस्य पदमा नियुक्त हुन बाँकी छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>