क्रिकेट
फुटबल पदाधिकारीले गरे क्रिकेटरको सम्मान
०

काठमाडौं, चैत ४-
सहिद स्मारक ए डिभिजन लिगको कमर्सियल, टिकेटिङ तथा बोर्डकास्ट पार्टनर एमडीएसी स्पार्टसले विश्वकप ग्लोबल क्वालिफायरमा छनोट भएको नेपाली क्रिकेट टिमलाई सम्मान गरेको छ ।
एपीएफ फुटबल क्लब र मनाङ मर्स्याङदी क्लबबीचको खेल हेर्न दशरथ रंगशाला पुगेका नेपाली क्रिकेट टोलीलाई एन्फाका पदाधिकारीहरुले ग्राउण्डमा माला र खादा लगाएर सम्मान गरेका हुन् ।
उनीहरुलाई सम्मान गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल पनि रंगशाला पुगेका थिए । क्रिकेट खेलाडीहरुलाई खेलको पहिलो हाफमा सम्मान गरेको हो ।
दशरथ रंगशालामा आज भएको एपीएफ फुटबल क्लब र मनाङ मर्स्याङदी क्लबबीचको खेलमा उठेको टिकटको सम्पूर्ण रकम नेपाल क्रिकेट संघ (क्यान) को खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>