चितवन विशेष

लागुऔषध गाँजासहित राप्तीबाट एक जना पक्राउ

Banner

चितवन, चैत ४-

जिल्ला प्रहरी कार्यालय चितवनले राप्तीबाट लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले राप्ती नगरपालिका–१२ का ३२ वर्षीय चन्द्रबहादुर प्रजालाई करिब ६५ किलो गाँजासहित नियन्त्रणमा लिएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

आज बिहान करिब २ बजेकोमा समयमा प्रहरीले प्रजालाई राप्ती–२ राईटोलबाट नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी नायव निरीक्षक पदम बहादुर बस्ताकोटीको कमाण्डमा खटिएको टोलीले प्रजालाई पक्राउ गरेको पण्डितले बताए । प्रजामाथि थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>