चितवन विशेष
चेपाङ विद्यार्थीको दिवा खाजामा भ्रष्टाचार नगर्न सांसद ढकालको चेतावनी

चितवन, चैत ३–
चितवन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य हरी ढकालले चेपाङ विद्यार्थीको दिवा खाजामा भ्रष्टाचार नगर्न चेतावनी दिएका छन् । आफ्नो निर्वाचन क्षेत्र राप्ती नगरपालिका–१३ स्थित कालिटार आधारभुत विद्यालयको अवलोकन गर्न पुगेका सांसद ढकालले चेपाङ समुदायका बालबालिका पढ्ने विद्यालयमा दिवा खाजामा भ्रष्टाचार भएको आरोप लगाए ।
विद्यालयमा पुग्दा उक्त विद्यालयमा अध्ययन गर्दै आइरहेका चेपाङ समुदायका विद्यार्थीहरुको दिवा खाजामा समेत गिद्देनजर राख्ने ब्यक्तिहरुको नाङ्गो स्वरुप प्रस्ट देखियो। उक्त विद्यालयका सम्बन्धित ब्यक्तिहरुले एक दिन मर्नुपर्छ भन्ने हेक्का राखुन’, उनले भने, ‘खबरदार, अब यसो गर्न पाइने छैन। म मेरो कार्यकाल भरी यसैगरि हरेक सुगम अनि बिकट क्षेत्रका सामुदायिक विद्यालयहरुमा निरन्तर अवलोकन, निरीक्षण र खबरदारीमा लाग्नेछु।’
१५ रुपैयाँको खाजामा विद्यार्थीलाई दिनहुँ फुको चिउरा दिने गरिएको भन्दै उनले भने खाजामा भ्रष्टाचार नगर्न चेतावनी दिए । दिवा खाजाको लागि नगरपालिकाले प्रति विद्यार्थी १५ रुपैयाँ उपलब्ध गराउने गरेको छ ।
























