चितवन विशेष

भरतपुर अस्पतालले माग्यो १२ जना ज्यालादारी डाक्टर

Banner

चितवन, चैत २-

भरतपुर अस्पतालले मासिक ज्यालादारीमा काम गर्ने डाक्टरहरुको माग गरेको छ ।

सूचना प्रकाशन गर्दै अस्पतालले मासिक ज्यालादारीमा काम गर्नेगरी १२ जना मेडिकल अफिसर (आठौं तह) माग गरेको हो।
एक जना अर्थोपेडिक सर्जन, १ जना जनरल सर्जन र २ जना एनेस्थेसियोलोजिस्टसहित १२ जना डाक्टर माग गरिएको अस्पतालले जनाएको छ । मेडिकल अधिकृतको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस उपाधि प्राप्त गरेका र विशेषज्ञ चिकित्सकको हकमा एमबीबीएसका अतिरिक्त सम्बन्धित विषयमा विशेषज्ञता हासिल गरेको हुनुपर्ने भनिएको छ ।

चिकित्सकहरुले भने भरतपुर अस्पतालले जुनियर चिकित्सकलाई पेल्ने गरी सूचना निकाल्ने गरेको भन्दै अस्पताल प्रशासनको विरोध गरेका छन् । उनीहरुले एमडी गरेका चिकित्सकका लागि नवौं तहमा आवेदन खुलाउनुपर्नेमा मेडिकल अफिसर सरह बनाएर श्रम शोषण गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

अस्पतालका मेडिकल सुपरिटण्डेन्ट डा. कृष्णप्रसाद पौडेलले मन्त्रालयले नयाँ दरबन्दी स्वीकृत नगरेको अवस्थामा अस्पतालमा बिरामीको उच्च चाप थेग्न अस्थायीरुपमा कर्मचारी राख्न लागिएको बताए । सरकारले स्वास्थ्य बिमाको सेवा लिन प्रथम बिन्दुको रुपमा सरकारी अस्पताललाई मात्र तोकेपछि अस्पतालमा बिरामीको चाप बढेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>