चितवन विशेष

शहिद स्मारक कलेजको कम्पाउण्ड भित्र शंकास्पद बस्तु, सेना घटनास्थलतर्फ जाँदै

Banner

चितवन, चैत १–

भरतपुर महानगरपालिका–१९ शारदानगरस्थित शहिद स्मारक कलेजको कम्पाउण्डभित्र आज बिहान शंकास्पद बस्तु फेला परेको छ ।

कलेजको पार्किङ स्थलमा हरियो र कालो टेपले बेरेको कार्टुनमा हरियो तार जडान भएको र ‘स्ववियु निर्वाचन रद्द गरौँ’ भनेर लेखिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

उनका अनुसार प्रहरीले घटनास्थललाई सुरक्षित राखेको छ । शंकास्पद बस्तुको पहिचान र डिस्पोजका लागि नेपाली सेनासंग समन्वय भइरहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>