खैरहनी

खैरहनी नगरपालिका ‘आर्थिक विकास’मा देशकै उत्कृष्ट नगरपालिका बन्यो

Banner

चितवन, फागुन २९–

पूर्वी चितवनको खैरहनी नगरपालिका ‘आर्थिक विकास’ शीर्षकमा देशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ । आज काठमाडौँमा आयोजित नेपाल नगरपालिका संघको ३०औं स्थापना दिवसको अवसरमा खैरहनी आर्थिक विकासमा उत्कृष्ट नगरपालिका ठहरिदै पुरस्कृत भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ‘उत्कृष्ट नगरपालिका पुरस्कार’ नगरपालिकाका प्रमुख शशीकुमार खनियाँलाई प्रदान गरे । खैरहनी नगरपालिका विभिन्न संघसंस्थाहरुबाट हुने मूल्यांकनमा उत्कृष्ट ठहरिदै आइरहेको छ । नगरप्रमुख खनियाँले उत्कृष्ट नगरपालिका पुरस्कारबाट पुरस्कृत भएकोमा सबै नगरबासी आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा बधाई ज्ञापन गरेका छन् ।

आर्थिक वर्ष २०७८÷७९ मा स्थानीय आर्थिक विकास क्षेत्रमा उल्लेखीय कार्य सम्पादन गरेकोले सोको उच्च मूल्यांकन गर्दै उत्कृष्ट नगरपालिका पुरस्कार–२०७९ बाट पुरस्कार प्रदान गरिएको नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>