चितवन विशेष

भरतपुरमा ग्याँस लिक भएर आगलागी, क्षतिको विवरण आउन बाँकी

Banner

चितवन, फागुन २९–

भरतपुर महानगरपालिका–१० रिजाल चोकस्थित सिप्रदी मोटर पार्टसको माथिललो तलामा रहेको किचनमा आज बिहान साढे ८ बजे ग्याँस लिक भएर आगलागी भएको छ ।

आगलागीबाट किचनमा रहेका सरसामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले बताए । दमकल र स्थानीयको सहयोगमा बिहान ९ः१५ बजेको समयमा आगो नियन्त्रणमा आएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>