चितवन विशेष

राप्ती नगरपालिकामा अख्तियारको छापा,केहि कागजात नियन्त्रणमा

Banner

चितवन,फागुन २८-

पूर्वीचितवनको राप्ती नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा हानेको छ । राप्ती नगरपालिकासँग सम्बन्धित विभिन्न उजुरीको छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाँको टोली आज नगरपालिका आएको थियो ।

राप्ती नगरपालिकाको वडा नम्बर ४ मा स्वास्थ्य चौकी र आखाँ अस्पताल निर्माण गर्ने भनेर डिपिआर लागायतको खर्च गरेर अहिले अन्यत्र सार्न लागेको , नगरपालिकामा नियमविपरित मनपरि कर्मचारी भर्ती गरिएको , नगर प्रमुखले सचिवालयको लागि भन्दै खरिदनै नगरेको मोबाइलको बिलहरुको पेश गरेर भुत्तानी गराएको , इन्धनको लागि १ बर्षलाई छुट्टाएको रकम मनपरि रुपमा इन्धन बाढेर ८ महिनामै सकेको , विपद्को लागि छुटएको ७० लाख रुपैयाँ मनपरि रुपमा वितरण गरेर सकेको लगायतको १६ वटा बिषयमा परेको उजुरीको छानविनको लागि टोली आज नगरपालिका आएको थियो । विभिन्न उजुरीको छानविनको लागि आवश्यक कागजात नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाँका सुचना अधिकारी विष्णु प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>