राजनीति
अनेरास्ववियु र विप्लव निकट अखिल (क्रान्तिकारी) बीच तालमेल भयो
०

काठमाडौं, फागुन २६-
अनेरास्ववियु र नेकपा विप्लव निकट अखिल (क्रान्तिकारी) बीच आगामी स्ववियु निर्वाचनमा तालमेल र सहकार्य गर्ने सहमति भएको छ ।
आज एमाले दुई संगठनका अध्यक्षहरुबीच भएको छलफलमा यस्तो सहमति भएको हो । उनीहरुबीच स्ववियू निर्वाचनमा देशव्यापी तालमेल र सहकार्य गर्ने र अन्य बाम देशभक्त विद्यार्थी संगठनहरुलाई पनि तालमेल र सहकार्यका लागि अपील गर्ने सहमति भएको हो ।
छलफलपछि अनेरास्ववियुका अध्यक्ष समिक बडाल र क्रान्तिकारीका अध्यक्ष प्रकाश सीले विज्ञप्तिमार्फत तालमेल र अन्य विद्यार्थी संगठनलाई पनि सहकार्यका लागि अपील गरेका छन् । आगामी चैत ५ गते त्रिविअन्तर्गतका क्याम्पसहरुमा स्ववियू निर्वाचन हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























