राजनीति
स्ववियु निर्वाचनलाई लिएर वीरगञ्जको ठाकुरराम क्याम्पसमा आगजनी, ३ विद्यार्थी नेता पक्राउ
०

वीरगञ्ज, फागुन २६-
स्ववियु निर्वाचनलाई लिएर विवाद उत्पन्न भएको छ । वीरगञ्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा निर्वाचनलाई लिएर विवाद उत्पन्न भएको हो । विवाद उत्पन्न भएसँगै आक्रोशित विद्यार्थीहरुले विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी गरेका छन् । आगजनीबाट कोठामा रहेको केही कागजपत्र जलेको प्रहरीले जनाएको छ ।
आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । अखिल क्रान्तिकारीका शिवम साह, अनेरास्ववियुका अभिषेक चौहान र सुजित गिरीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले आगो बेलैमा निभाईएकोले थप क्षति हुन नपाएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























