राजनीति
स्ववियु निर्वाचन : आज मनोनयन पत्र वितरण, भोलि उम्मेदवारी दर्ता
०

काठमाडौँ, फागुन २६–
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि आज उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ । गत फागुन १९ गतेबाट सुरु भएको निर्वाचन कार्यक्रम अनुसार आज मनोनयन पत्र वितरण कार्यक्रम हुन लागेको हो ।
त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिका अनुसार बिहान ११ बजे देखी २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारका लागि मनोनयन पत्र वितरण गर्ने कार्यक्रम तय भएको हो ।
भोलि प्रत्यक्षतर्फ तथा समानुपातिकतर्फको उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारको नामावली पनि भोलि नै प्रकाशन गर्ने निर्वाचन समितिको तयारी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























