राजनीति
उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार हुन्छ : प्रचण्ड
०

काठमाडौं, फागुन २६–
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार बिस्तार हुने बताएका छन् । बिहीबार राष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उपराष्ट्रपति निर्वाचनपछि मात्र सबै निर्वाचन प्रक्रिया पूरा हुने बताए । त्यसपछि सरकारलाई पूर्णता दिने उनको भनाइ छ ।
‘स्थानीय तहको निर्वाचनदेखि प्रदेश र संघको निर्वाचन अब राष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेपछि उपराष्ट्रपतिको निर्वाचन एउटा बाँकी छ । तर समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढंगले सकिएको छ । अब हाम्रो ध्यान सरकारलाई पूर्र्णता दिने हुन्छ । उपराष्ट्रपतिको निर्वाचनपछि सरकार बिस्तार हुन्छ’ उनले भने ।
राष्ट्रपति निर्वाचनबाट बिहीबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























