राजनीति

जसपाले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने

Banner

काठमाडौं, फागुन २५-

जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ।

बिहीबार बसेको बैठकले गत मंसिर ४ मा बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद यादवलाई उपराष्ट्रपति बनाउने निर्णय गरेको सांसद प्रदीय यादवले  जानकारी दिए। गत फागुन १२ गते ८ दलबीच राष्ट्रपति उम्मेदवारमा नेपाली कांग्रेसलाई समर्थन गर्ने सहमति हुँदा उपराष्ट्रपति जसपालाई दिने पनि सहमति भएको थियो।

पार्टीको भागमा परेको उपराष्ट्रपतिमा अध्यक्ष यादवले आफ्ना विश्वासपात्र समेत रहेका सांसद रामसहायप्रसादलाई उम्मेदवार बनाउन लागेका हुन्।रामसहायप्रसाद उपराष्ट्रपति उम्मेदवार हुँदै विजयी भएका उक्त क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने हुन्छ। चैत ३ मा उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ।

यसैबीच नयाँ उपराष्ट्रपति निर्विरोध चुनिने सम्भावना देखिएको छ। उपराष्ट्रपतिमा नेकपा ९एमाले०ले उम्मेदवारी नदिने सम्भावना भएकाले चैत ३ मा उपराष्ट्रपति निर्विरोध निर्वाचित हुने सम्भावना बढेको हो।

एमालेले अहिलेसम्म राष्ट्रपतिमा उम्मेदवारी दिनेरनदिने निर्णय गरेको छैन। स्रोतहरूका अनुसार ८ दलीय गठबन्धनबाट जनता समाजवादी पार्टीका नेता उपराष्ट्रपति उम्मेदवार बने एमालेले आफ्ना उम्मेदवार उठाउने छैन।

बिहीबार नयाँ बानेश्वरमा राष्ट्रपतिको निर्वाचन भइरहँदा एमाले र जसपाका नेताहरूबीच पनि यो विषयमा अनौपचारिक कुराकानी भएको थियो।एमालेका एकजना पदाधिकारीले जसपाका सांसदलाई आफूहरूले उपराष्ट्रपतिमा उम्मेदवारी दिने सम्भावना नरहेको बताएका थिए।उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता फागुन २९ मा छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>