राजनीति

रामचन्द्र पौडेल सिंगो देशको अभिभावक बन्नेमा पूर्ण विश्वास छः रवि लामिछाने

Banner

काठमाडौं,फागुन २५-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेललाई बधाई तथा शुभकाना दिएका छन् । उनले आफूले पौडेल सिंगो देशको अभिभावक बन्ने पूर्ण विश्वास लिएको पनि बताएका छन् ।

मुलुकको राष्ट्रपतिजस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा आदरणीय नेता श्री रामचन्द्र पौडेलज्यूलाई हार्दिक बधाई दिन चाहन्छु । सिंगो देशको अभिभावक बन्नु हुनेछ भन्ने कुरामा पूर्ण विश्वास लिएको छु, लामिछानले फेसबुकमा लेखेका छन् । बिहीबार एमालेका सुवास नेम्वाङलाई हराउँदै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>