चितवन विशेष

माओवादी नेताको स्कुटरमा अचानक आगलागी, माओवादी केन्द्रद्वारा घटनाको भत्सर्ना

Banner

चितवन, फागुन २२–

नेकपा माओवादी केन्द्रको पोलिटव्युरो सदस्य सूर्य सुवेदी ‘पथिक’को घरमा पार्किङ गरी राखेको स्कुटरमा अचानक आगलागी भएको छ । भरतपुर महानगरपालिका–१५ विष्णु चोकस्थित पथिकको घरको कम्पाउण्ड भित्र पार्किङ गरिराखेको ना ३५ प ७४४९ नम्बरको स्कुटरमा शनिबार राति साढे १० बजे अचानक आगो लागेको चितवन प्रहरीले जानकारी दिएको छ ।

ईप्रका फुलवारीबाट प्रहरी बरिष्ठ नायव निरीक्षक ज्ञान बहादुर पाण्डेको कमाण्डमा खटिएको टोलीले आगो नियन्त्रणमा लिएको हो । आगो के कसरी लाग्यो भन्ने कुरा अहिलेसम्म नखुलेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति चितवनले आइतबार प्रेस विज्ञप्ति जारी गरी दोषी उपर कारबाहीको माग गरेको छ । स्कुटरमा भएको आगजनीबाट घरको अगाडिको भागमा समेत क्षति पुगेको माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>