राजनीति

रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उपनिर्वाचन लड्ने तयारीमा उपेन्द्र यादव

Banner

काठमाडौं, फागुन १९-

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचन लड्ने तयारी गरेका छन्।

गत मंसिर ४ मा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित पार्टीका सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उक्त ठाउँमा आफू उपनिर्वाचन लड्ने तयारी यादवले गरेका हुन। गत फागुन १२ गते ८ दलबीच राष्ट्रपति उम्मेदवारमा नेपाली कांग्रेसलाई समर्थन गर्ने सहमति हुँदा उपराष्ट्रपति जसपालाई दिने पनि सहमति भएको थियो।

पार्टीको भागमा परेको उपराष्ट्रपतिमा अध्यक्ष यादवले आफ्ना विश्वासपात्र समेत रहेका सांसद रामसहायप्रसादलाई उम्मेदवार बनाउने तयारी गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>