राजनीति
नेम्वाङजत्तिको व्यक्तित्व मुलुकले कमै पाउँछ, राष्ट्रपतिमा रास्वपाको मत उहाँले पाउनुहुन्छ: भट्टराई
०

फागुन १८
काठमाडौँ एमाले सचिव योगेश भट्टराईले नेकपा एमालेका नेताहरुले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत सुवासचन्द्र नेम्वाङको पक्षमा आउनेमा विश्वस्त भएको बताएका छन् ।
बिहीबार रास्वपाका सभापति रवि लामिछानेसहितका नेताहरुसँगको भेटवार्तापछि एमाले सचिव योगेश भट्टराईले रास्वपाको मत नेम्वाङको पक्षमा पर्ने बताएका हुन् ।
सचिव भट्टराईले भने, ‘रास्वपाका अध्यक्षले आफ्नो पार्टी छलफलमा रहेको र केही समय हामी सहकार्यमा समेत रहेको हुनाले एकअर्कालाई बुझेका छौ । सुवास नेम्वाङजत्तिको व्यक्तित्व मुलुकले कमै पाउँछ । यो एउटा मौका हो भन्नुभएको छ’, ‘उहाँको भनाइ र बडी ल्याङ्वेजबाट हामी यो बुझ्छौं कि राष्ट्रपतिमा रास्वपाको मत सुवास नेम्वाङले पाउनुहुन्छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























