राजनीति

पार्टीको सबै मत रामचन्द्र पौडेलको पक्षमा दिन्छौंः माधव नेपाल

Banner

काठमाडौँ,फागुन १८-

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको सबै मत आठ दलीय गठबन्धनबाट उम्मेदवार बनेका रामचन्द्र पौडेलको पक्षमा पर्ने विश्वास दिलाएका छन् । बिहीबार आठ दलका संघीय सांसदहरुलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा यस्तो विश्वास दिलाएका हुन् ।

काठमाडौँमा भएको प्रशिक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, ‘प्रस्तावक म आफै भएकाले पनि उहाँको विजयको शुभकामनासहित आफ्नो पार्टीको सबै मत उहाँको पक्षमा खसाल्ने विश्वास दिलाएँ ।’

त्यसक्रममा अध्यक्ष नेपालले अहिलेसम्मका राष्ट्रपतिहरू संविधानको मर्म अनुसार नचलेको स्मरण गराएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>