राजनीति

म प्रस्तावक भएकोले आफ्नो पार्टीको सबै मत रामचन्द्रको पक्षमा खसाल्ने विश्वास दिन्छुः माधव नेपाल

Banner

काठमाडौँ, फागुन १८-

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको सबै मत आठ दलीय गठबन्धनबाट उम्मेदवार बनेका रामचन्द्र पौडेलको पक्षमा पर्ने विश्वास दिलाएका छन् ।

बिहीबार आठ दलका संघीय सांसदहरुलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा यस्तो विश्वास दिलाएका हुन् ।

काठमाडौँमा भएको प्रशिक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, ‘प्रस्तावक म आफै भएकाले पनि उहाँको विजयको शुभकामनासहित आफ्नो पार्टीको सबै मत उहाँको पक्षमा खसाल्ने विश्वास दिलाएँ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>