राजनीति

उपप्रधानमन्त्रीमा पार्टी अध्यक्ष डा. सिके राउत जानेः खानेपानीमन्त्री अब्दुल खान

Banner

काठमाडौं, फागुन १८-

खानेपानीमन्त्री अब्दुल खानले आफूहरुले उपप्रधानसहित दुई मन्त्रालय पाउने दाबी गरेका छन् । राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रममा सहभागी हुन पुगेका खानले उपप्रधानसहित दुई मन्त्रालय पाउने दाबी गरेका हुन् ।
आठ दलीय गठबन्धनमा जनमत पार्टीले उपप्रधानसहित दुई मन्त्रालयको दाबी गरेको छ।

उनले भने, ‘गठबन्धनमा हामीले दुई मन्त्रालय पाउँछौं। उपप्रधानसहित उहाँहरुले पहिलाजस्तो झुक्याउनुहुन्न। अहिले उहाँहरु इमान्दारी राजनीतिमा आउनुभएको छ।’

उनले उपप्रधानमन्त्रीमा पार्टी अध्यक्ष डा। सिके राउत जाने सम्भावना रहेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>