चितवन विशेष
नेपाललाई पूर्ववत रुपमा हिन्दु राज्य बनाउनुपर्छ : विक्रम पाण्डे
०

चितवन, फागुन १७–
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवम् पूर्व मन्त्री विक्रम पाण्डेले नेपाललाई पूर्ववत रुपमा हिन्दु राज्य बनाउनुपर्ने बताएका छन् । देवघाटधाममा आयोजित ज्ञान महायज्ञलाई सम्बोधन गर्दै पाण्डेले धर्म, संस्कृति र धरोहर बचाउन लागिपर्ने बेला आएको बताए ।
‘यो राष्ट्रलाई पूर्ववत रुपमा हिन्दु राज्य बनाएर धर्मलाई अगाडि बढाउनुपर्ने छ । त्यो शक्ति आफुलाई प्राप्त होस् भन्ने कामना सहित यो पुण्य भूमिमा आएको छु’, उनले भने । नेपाल ऋषिमुनिले तपस्या गरेको भूमि भएकाले नेपाली भूमि नै भगवान भएको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























