राजनीति
आगामी बजेटमा खेलकुद बजेट बढाउँछु: प्रधानमन्त्री प्रचण्ड
०

काठमाडौं,फागुन १६-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमार्फत खेलकुद क्षेत्रमा बजेट बढाइने घोषणा गरेका छन् । आज (मंगलबार) ललितपुरको च्यासल रंगशाला उद्घाटन गर्दै उनले खेलकुदले राजनीतिक, कूटनीतिक र भाइचारा सम्बन्धको विकास हुने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सरकारको तर्फबाट सबै प्रदेश र पालिकाहरुमा पनि खेल पूर्वाधार निर्माण गर्न नीति, योजना र कार्यक्रम बनाएको बताए ।
‘आउने दिनमा खेल क्षेत्रलाई जति सबल बनाउन सक्यो, जति संस्थागत र विकसित गर्नसक्यो, त्यति नै हाम्रो समाजमा अनुशासन, मर्यादा र संस्कृति स्थापित हुन्छ’, उनले भने, ‘सिंगै राष्ट्र पनि सबल रुपमा अघि बढ्ने आधार निर्माण हुन्छ । आउने बजेटमा यो क्षेत्रमा पहिलेको भन्दा गुणात्मक रुपले बढी बजेट राख्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























