राजनीति

कांग्रेसले भोट मागेपछि ओलीले भने- रामचन्द्रजी मसँग जेलमा बस्नुभएको पुरानो साथी हो

Banner

काठमाडौं फागुन २५-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका थिए । सभापति देउवाले लेखेको पत्र कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बालकोट पुगेर ओलीलाई बुझाएका हुन् ।

मुख्यसचिव पौडेलले देउवाको पत्र बुझेपछि ओलीले कांग्रेसले राष्ट्रपतिमा अगाडि सारेको रामचन्द्र पौडेलप्रति आफू नकारात्मक रहेको जवाफ दिएको बताए। उनले आफूले लोकतन्त्रको लागि त्याग गरेको मान्छेलाई राष्ट्रपतिमा भोट हाल्न र सर्वसम्मत गराउन आग्रह गरेको समेत बताए।

पौडेलले भने, ‘उहाँ (ओली)ले नकारात्मक कुनै कुरा गर्नुभएन। उहाँले रामचन्द्रजी मसँगै जेल बसेको साथी हो। उहाँप्रति म नकारात्मक छैन भन्नुभयो।’

त्यसो त नेता पौडेलले पनि राष्ट्रपतिमा उम्मेदवारी दर्तापछि ओली आफ्नो जेलमा बस्दाको साथी भएकाले फागुन २५ गतेसम्ममा आफूलाई सहयोग गर्ने अपेक्षा रहेको बताएका थिए।

नेता पौडेलले भनेका थिए, ‘एमाले अध्यक्ष केपी ओलीजी पनि मसँग जेलमा बस्नुभएको हो धेरै समय । पुरानो साथी हो। राष्ट्रपति पदलाई सबैको साझा पद बनाउनलाई उहाँले योगदान गर्नुहोला भन्ने मैले विश्वास गरेको छु ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>