चितवन विशेष
चितवनमा राहदानीको अग्रिम अनलाइन आवेदन भोलिदेखि खुल्ने
०

चितवन, फागुन १६–
जिल्ला प्रशासन कार्यालय चितवनले राहदानीको अग्रिम अनलाईन आवेदन भोलि (बुधबार) दिउँसो १२ बजेदेखि खोल्ने भएको छ । प्रशासन कार्यालयले यसअघि एक महिनाको लागि तीन हजारको संख्यामा अनलाईन फारमको आवेदन खोलेको थियो । राहदानी सेवालाई सहज, सरल र झन्झटरहित बनाउन राहदानी विभागको निर्देशनका आधारमा कार्यालयले एकैचोटी ठूलो संख्यामा आवेदन खुलाउने व्यवस्था गरेको हो ।
उक्त आवेदन सकिएपछि पुनः अग्रिम आवेदन खोल्न लागिएको हो । कार्यालयले अब भने १० दिनको लागि करिब एक हजारको संख्यामा अग्रिम आवेदन खोल्न लागेको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत आनन्द वंश न्यौपानेले जानकारी दिए । कार्यालय खुल्ने दिन प्रति दिन १२० जनालाई सेवा दिनेगरी अग्रिम अनलाइन आवेदन खुलाइने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























