राजनीति

एमाले सरकारबाट बाहिरिनेबारे तपाईंहरुलाई छिट्टै खबर आउँछः ओली

Banner

काठमाडौँ, फागुन १५

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट रोकेको लगायत विषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो ।

त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीको बैठकमा सहभागी हुन केहीबेरअघि सचिवालय बैठकमा सहभागी हुन पार्टी कार्यालय च्यासल पुगेका हुन् । उनले पार्टी कार्यालय प्रवेश गर्ने क्रममा सरकारबाट बाहिरिनेबारे छिट्टै खबर आउने बताएका छन् ।

अध्यक्षज्यु सरकारबाट बाहिरिने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीलले ‘तपाईंहरुलाई खबर आइहाल्छ’ भन्ने जवाफ दिए । पार्टीको बैठकले सरकारबाट बाहिरिने या के गर्ने भन्नेबारे निर्णय लिने छ । सचिवालय बैठक सुरु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>