राजनीति

माधवप्रति बाबुरामको व्यंग्य- १० सीटेको भागमा ६६ दिन प्रधानमन्त्री

Banner

काठमाडौं, फागुन १५-

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आठदलीय गठबन्धन र भागबन्डाका लागि गरिएको सहमतिप्रति टिप्पणी गरेका छन् ।

भट्टराईले ट्वीटमार्फत आठ दलले आलोपालोमा माधव नेपाललाई प्रधानमन्त्री छुट्याएकोतर्फ पनि व्यंग्य गरेका छन् । ‘दलीय भागबन्डा गर्दा १० सीटवाला पार्टीलाई ६६ दिन पर्दोरहेछ १ त्यसैमा राष्ट्रिय सहमति गर्ने हो त ?’, बाबुरामले लेखेका छन् ।

उनले प्रतिनिधिसभाका सबै सदस्यलाई ५ वर्षको कार्यकालमा पालैपालो प्रधानमन्त्री बनाउँदाको हिसाबसमेत पेस गरेका छन् ।

बाबुरामले लेखेका छन्, ‘२७५ जना प्रतिनिधिसभा सदस्यलाई पाँच वर्षको संसदको पूरै कार्यकालमा पालैपालो प्रम बनाउॅदा एउटाको भागमा ६ दिन १४ घण्टा २४ मिनेट पर्दो रहेछ १ दलीय भागबण्डा गर्दा १० सीटवाला पार्टीलाई ६६ दिन पर्दो रहेछ १ त्यसैमा राष्ट्रिय सहमति गर्ने हो त ? सुशासन र समृद्धिको पहिलो शर्त राजनीतिक स्थिरता हैन ?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>